बलिउड अभिनेता बच्चनद्वारा अंगदानको घोषणा



काठमाडौं : बलिउड अभिनेता अमिताभ बच्चनले आफ्नो अंगदानको घोषणा गरेका छन् ।

हिन्दी सिनेमा जगतका ‘बिगबी’ ले अंगदान गर्ने घोषणा गरेका हुन् । सामाजिक संजाल ट्वीटरमार्फत बच्चनले आफुले अंगदान गर्ने शपथ लिएको जानकारी गराएका हुन् ।

उनले ट्वीटरमा आफ्नो लोकप्रिय शो ‘कौन बनेगा करोडपति’ को सेटको तस्वीर सार्वजनिक गर्दै उक्त घोषणा गरेका हुन् । तस्बिरमा उनले कोटमा हरियो रिबन लगाएका छन् । उनले यस हरियो रिबनको महत्व पनि भने ।

ट्वीटरमा बच्चनले लेखे,‘मैले अंगदान गर्ने शपथ लिएको छु । र यसको शुद्धता र पवित्रताको लागि मैले यो हरियो रिबन लगाएको हुँ । प्रत्येक मानिस जसले अंगदान गर्ने शपथ लिएका हुन्छन्, उनीहरुले यस हरियो रिबन पहरिने गर्छन् ।’ प्रशंसकहरूले अमिताभ बच्चनको सो पोष्टलाई सराहना गरेका छन् ।

प्रकाशितः १४ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्