संसद्को विशेष अधिवेशन बोलाउन कांग्रेसले माग गर्ने



काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले संसद्को विशेष अधिवेशन माग गर्ने भएको छ ।

सरकारको अर्कमण्यता र भ्रष्टाचारविरुद्ध छलफल गर्नका लागि काँग्रेसले संसद्को विशेष अधिवेशन माग गर्ने भएको हो ।

पार्टी सभापति शेरबहादुर देउवाले बुधबार आफूपक्षीय पदाधिकारीसँगको छलफलमा संसद्को विशेष अधिवेशनको आवश्यकता रहेको निष्कर्ष निकालेका छन् ।

यही असोज १० गते बस्ने पार्टी केन्द्रीय कार्यसमितिको बैकले संस्थागत निर्णय गरेपछि विशेष अधिवेशनका लागि संसदीय दलले आवश्यक प्रक्रिया अघि बढाउने काँग्रेस सहमहामन्त्री प्रकाशरण महतले बताए ।

सहमहामन्त्री महतका अनुसार संसदमा रहेका अन्य विपक्षी दलसमेतको सहकार्यमा विशेष अधिवेशन बेलाउने पहल गरिने छ ।

‘कोभिड–१९ संक्रमण नियन्त्रणका दिशामा सरकार अनुत्तरदायी भयो । यस्तो संकटको बेलामा समेत एकपछि अर्को भ्रष्टाचार र अनियमिताका काण्डमा संलग्न हुँदै जान थाल्यो,’ महतले भने–‘मुख्य रुपमा यी दुई विषयमा छलफलका लागि विशेष संसद् अधिवेशन बोलाउनु पर्ने निष्कर्षमा कांग्रेस पुगेको हो ।’

पार्टीको संस्थापन इतरपक्षीय नेताले समेत यसअघि विशेष अधिवेशनका लागि पहल गर्नुपर्ने माग गर्दै आएको थियो ।

प्रकाशित : असोज १४, २०७७

प्रतिक्रिया दिनुहोस्