रिन्की सेठी ट्विटरको सूचना सुरक्षा प्रमुखमा नियुक्त



एजेन्सी : भारतीय मूलकी रिन्की सेठीलाई ट्विटरले सूचना सुरक्षा प्रमुखमा नियुक्त गरेको छ ।

ट्विटरले आइबीएमका पूर्व सूचना सुरक्षा कार्यकारी सेठीलाई सोमवार आफ्नो नयाँ सूचना सुरक्षा प्रमुखमा रुपमा नियुक्त गरेको हो ।

यसअघि साइबर सुरक्षा फर्म ‘पालो अल्टो’मा समेत सूचना सुरक्षाको उपाध्यक्षका रूपमा उनले काम गरेकी थिइन् । रोयटर्सका अनुसार जुलाइदेखि ट्विटरले नयाँ सूचना सुरक्षा प्रमुखको खोजी गरेको थियो ।

गत डिसेम्बारदेखि ट्विटर सुरक्षा प्रमुख विना चलिरहेको थियो । रोयटर्सका अनुसार कुनै उच्चस्तरको प्रोफाइल उल्लंघन हुनुभन्दा अगाडि नै यसले सुरक्षा प्रमुख नियुक्त गर्न खोजेको थियो ।

यस अघि जुलाइमा ह्याकरले अमेरिकी राष्ट्रपति पदका उम्मेद्वार जो बाइडेन र रियलिटी टिभी स्टार किम कार्डाशियन लगायत उच्च व्यक्तिहरुको अकाउन्ट ह्याक गरेका थिए । ह्याकरले यी अकाउन्टहरु डिजिटल मुद्रा माग गर्न प्रयोग गरेका थिए ।

प्रकाशितः १४ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्