बुधबार ४९ काेराेना संक्रमित थपिए, ५९७ डिस्चार्ज



जनकपुरधाम : प्रदेश २ मा पछिल्लो २४ घण्टामा ४९ जना कोरोना संक्रमितहरु थपिएका छन् भने ५ सय ९७ जना डिस्चार्ज भएका छन् ।

बुधबार संक्रमित हुनेहरुमा ५ महिला र ४४ पुरुष रहेका छन् । योसँगै यस प्रदेशमा संक्रमितको संख्या १३ हजार ५ सय २७ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिए । त्यस्तै पछिल्लो २४ घण्टामा यस प्रदेशका ५ सय ९७ जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।

डिस्चार्ज हुनेहरुमा सप्तरीका ७, सिरहाका १३, धनुषाका १ सय ५०, महोत्तरीका १ सय ५५, सर्लाहीका १ सय ७५, रौतहटका ९० र पर्साका ७ जना छन् । योसँगै हालसम्म यस प्रदेशमा सप्तरीका १ हजार ११, सिरहाका ५ सय ११, धनुषाका १ हजार ४ सय ८३, महोत्तरीका १ हजार ६८, सर्लाहीका १ हजार ३ सय ५०, रौतहटका १ हजार ५ सय २८, बाराका १ हजार १ सय ४९ र पर्साका २ हजार ४ सय ४२ गरि १० हजार ५ सय ४२ जना संक्रमितहरु डिस्चार्ज भई आ–आफ्नो घर फर्किसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

आज यस प्रदेशमा बुधबार सिरहामा १३, पर्सामा १२, बारामा ९, धनुषामा ६, महोत्तरीमा ३, रौतहटमा १, सप्तरीमा १ र अन्य जिल्लाका ४ जना संक्रमित भएका छन् । प्रदेशमा बुधबारसम्म ११ हजार ४ सय २ पुरुष र २ हजार १ सय २५ महिला गरि जम्मा १३ हजार ५ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए ।

गौर अस्पताल रौतहट, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर र नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा गरिएको परीक्षणमा बुधबार ४९ जनाको रिपोर्ट पोजेटिभ आएको झाले बताए ।

प्रदेशभरीमा बुधबारसम्म सप्तरीमा १७ हजार ८ सय ९, सिरहामा १० हजार ३ सय ८१, धनुषामा १३ हजार ९ सय ८८, महोत्तरीमा ७ हजार ४ सय ४८, सर्लाहीमा १३ हजार ५ सय २०, रौतहटमा २२ हजार ७ सय ६०, बारामा ११ हजार ३ सय ८४ र पर्सामा २५ हजार ३ सय ८४ गरि जम्मा १ लाख २२ हजार ६ सय ७४ जनाको स्वाब परिक्षण गरिएकोमा १३ हजार ५ सय २७ जना संक्रमित भएका छन् भने १ लाख ६ हजार ६ सय ९७ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

त्यस्तै सप्तरीमा १ सय १७, सिरहामा १ सय ८, धनुषामा ५ सय, महोत्तरीमा ४ सय, सर्लाहीमा १ सय ७५, रौतहटमा १ सय ५०, बारामा ५ सय र पर्सामा ५ सय गरि कुल २ हजार ४ सय ५० जनाको रिपोर्ट आउन बाँकी रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यस प्रदेशमा आज मात्रै सप्तरीमा ८३, सिरहामा ८१, धनुषामा ६३, महोत्तरीमा १४, सर्लाहीमा ५०, रौतहटमा ७२ र पर्सामा १ सय १८ गरि ४ सय ८१ जनाको स्वाब संकलन गरिएको छ ।

प्रदेश २ को आठवटै जिल्लाका बिभिन्न ठाउँहरुमा निर्माण गरिएको ९ हजार ४ सय २० बेड क्षमताको १ सय ६९ वटा क्वारेन्टाइनमा अहिले १ सय ८३ जनालाई राखिएको छ भने १ हजार २ सय ७८ जनालाई होम क्वारेन्टाइनमा पठाइएको छ । प्रदेशका आठवटै जिल्लाको बिभिन्न ठाउँहरुमा सञ्चालनमा रहेको ३ हजार १२ बेड क्षमताको आईसोलेशनमा सप्तरीमा ६५, सिरहामा ७ सय ४, धनुषामा ११, सर्लाहीमा २६, रौतहटमा २३, बारामा १६ र पर्सामा ५८ गरि ९ सय ३ जनालाई भर्ना गरिएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए ।

त्यस्तै यस प्रदेशमा सप्तरीमा १ सय ४२, सिरहामा १८, धनुषामा ४ सय १९, महोत्तरीमा ३ सय ४६, सर्लाहीमा ५ सय २३, रौतहटमा ३ सय ५०, बारामा १ सय १ र पर्सामा ५० गरि १ हजार ९ सय ४९ जना होम आइसोलेसनमा रहेको उनले बताए । प्रदेश २ मा सबैभन्दा बढी पर्सा जिल्लामा २ हजार ५ सय ९४ जना संक्रमित भएका छन् । धनुषामा १ हजार ९ सय २९, रौतहटमा १ हजार ९ सय ७, सर्लाहीमा १ हजार ९ सय ६, महोत्तरीमा १ हजार ४ सय २९, बारामा १ हजार २ सय ८४, सिरहामा १ हजार २ सय ४५ र सप्तरीमा १ हजार २ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रदेश २ मा सक्रिय संक्रमितको संख्या २ हजार ८ सय ५२ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणबाट प्रदेश २ मा आज ९बुधबार० दुई जनाको मृत्यु भएको छ । आज मृत्यु हुनेमा सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर–६ का ६६ वर्षीय एक पुरुष र सप्तरीको अग्नीसाइर कृष्णसवरण नगरपालिका वडा नम्बर–४ का ३९ वर्षीय पुरुष रहेका छन् ।

कोरोना संक्रमणबाट अहिलेसम्म यस प्रदेशमा २२ महिला र १ सय ११ पुरुष गरि १ सय ३३ जनाको मृत्यु भईसकेको मन्त्रालयले जनाएको छ । अहिलेसम्म पर्सामा ४३, बारामा १८, धनुषामा १६, महोत्तरीमा १५, सप्तरीमा १५, सिरहामा १२, सर्लाहीमा ७, रौतहटमा ६ र एकजना भारतीयको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित : १४ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्