प्रधानसेनापति थापाको कोरोना रिपोर्ट नेगेटिभ



काठमाडौं : प्रधानसेनापति पूर्णचन्द्र थापाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

आफ्नै घरको भान्छामा काम गर्ने एक जनामा कोरोना संक्रमण देखिएपछि उनको पिसिआर परिक्षण गरिएको थियो ।

उनको बुधबार आएको पिसिआर रिपोर्ट नेगेटिभ आएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले एक विज्ञप्ती जारी गर्दै जानकारी दिएको छ । भान्छामा काम गर्नेमा कोरोना देखिएपछि उनी केही दिन अघिदेखि होम क्वारेन्टाइनमा थिए ।

प्रकाशितः १४ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्