सट्टाबाजी खेलाएको अभियोगमा ३ जना पक्राउ



काठमाडौं : यूएईमा जारी इन्डियन प्रमियर लिग (आइपीएल) क्रिकेट खेलमा सट्टाबाजी खेल खेलाएको अभियोगमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका १५ भट्टीमोड बस्ने ३८ वर्षीय मुन्ना भन्ने सत्यजित साह, ३८ वर्षीय बैजनाथ साह र सोही महानगरपलिका १७ रानी बस्ने ४२ वर्षीय जगदिश साह रहेका छन् ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले सत्यजितलाई मोबाईल फोनबाट आइपीएल खेल हार्ने वा जित्ने भनी अनलाईनमार्फत सट्टाबाजी गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

थप अनुसन्धान गर्ने क्रममा उक्त कार्यमा संलग्न बैजनाथ र जगदिशलाईसमेत प्रहरीले पक्राउ गरेको छ । साथै उनीहरुको साथबाट नगद ६० हजार रुपैयाँ, ३ थान मोबाइल, १ थान ल्यापटप र १ थान मोटरसाइकल बरामद गरेको प्हरीले जनाएको छ ।

उनीहरु उपर जुवा वा सट्टाबाजी खेल मुद्दा अन्तर्गत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रकाशितः १४ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्