टेलिकमका ९ जना कर्मचारीमा कोरोना संक्रमण



धनगढीः नेपाल टेलिकम सुदूरपश्चिम प्रादेशिक कार्यालय अत्तरियामा कार्यरत ९ जना कर्मचारीमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ९ जना कर्मचारीलाई संक्रमण पुष्टि भएको कार्यालयका निर्देशक नामाकर न्यौपानेले बताएका छन् ।

उनका अनुसार संक्रमित सबै कर्मचारीलाई आईसोलेसनमा राखिएको छ भने कसैलाई पनि कोरोनाको लक्षण देखिएको छैन ।

प्रकाशितः १४ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्