राजस्थानको विजय यात्रामा ब्रेक : कोलकातासँग ३७ रनले पराजित



काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्स पराजित भएको छ ।

बुधबार राति दुबईमा राजस्थानविरुद्धको खेलमा कोलकाता ३७ रनले विजयी भयो । योसँगै राजस्थानको विजयी यात्रामा ब्रेक लागेको छ ।

कोलकाताले दिएको १७५ रनको विजय लक्ष्य पछ्याएको राजस्थान, निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३७ रनमा समेटियो ।

राजस्थानका टम करनले सर्वाधिक ५४ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानहरु टिक्न सकेनन् । जोस बटलरले २१ र राहुल तेवतियाले १४ रन बनाए । अरु ब्याट्सम्यानहरु दोहोरो अंकको रन जोड्न असफल रहे । कोलकाताको कसिलो बलिङसामु राजस्थान निरीह देखियो ।

कोलकातातर्फ शिवम माभि, कमलेश नगरकोटी र वरुण चक्रवर्तीले २–२ विकेट लिए । यसअघि दुबई इन्टरनेसनल स्टेडियममा टस हारेर ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७४ रन बनाएको थियो ।

कोलकाताका ओपनर शुभमन गिलले सर्वाधिक ४७ रन बनाए । ३४ बल सामना गरेका उनले ५ चौका र १ छक्का प्रहार गरे ।

शुभमन राम्रो लयमा देखिएका थिए तर दोस्रा ओपनर सुनिल नरेन रन बटुल्न संघर्षरत थिए । सुनिलले १५ रनमात्र बनाउन सके । त्यसपछि शुभमनले नितिश राणासँग मिलेर दोस्रो विकेटका लागि ४६ रन बनाए ।

राणा १० औं ओभरमा २२ रन बनाएर राहुल तेवतियाको शिकार बने । १२ औं ओभरमा जोफ्रा आर्चरले शुभमन गिललाई पेभेलियन फर्काए ।

कोलकाताका कप्तान दिनेश कार्तिक आर्चरको दोस्रो शिकार बने । दिनेशले केबल १ रन बनाउन सके । आन्द्रे रसेलले १४ बलमा ३ छक्काको मद्दतमा २४ रन बटुले । इयान मोर्गन ३४ र कमलेश नगरकोटी ८ रनमा नटआउट रहे ।

राजस्थानका लागि आर्चरले केबल १८ रन दिएर २ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

पर्सा– नेकपा पर्साका जिल्ला सदस्य मुकेश चौरसियाको मृत्यु प्रकरणबारे पर्सा प्रहरीले जाहेरी दर्ता नगरेको भन्दै

काठमाडौं– भारतीय स्थल सेना प्रमुख मनोज मुकुन्द नरभाने नोभेम्बर ४ मा नेपाल आउने भएका छन्

महोत्तरी– पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरीमा रहेका अधिकांश पक्की पुल जीर्ण बन्दै गएका छन् । जिल्लामा पर्ने

काठमाडौं– हरेक वर्ष अक्टोबर २६ तारिखमा अन्तरलिङ्गी जनचेतना दिवस मनाइने गरिन्छ । सन् १९९६ मा

सुर्खेत : शनिवार बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले १६ वटा निर्णय गरेको छ। जसमा

काठमाडौं : पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईलाई कोरोना पुष्टि भएको छ। नेता

टीकापुर : टीकापुर नगरपालिका –१ एकतानगर शिविरकी धनकला विक टाउकामा धान बोकेर मिल दौडिइन् ।

काठमाडौं : आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाष्टमी पर्व आज नेपालीले बडादशैँका रुपमा दुर्गाभवानीको विशेष

काठमाडौं– हरेक वर्षको २४ अक्टोबरको दिनमा विश्वभरि “विश्व विकास सूचना दिवस“ मनाइन्छ। सन् १९७२ मा

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले दशैंको शुभकामना सन्देशमा प्रयोग भएको नक्सालाई विवाद तान्न

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्ष दशैँको महाअष्टमी र कोजाग्रत पूर्णिमाको अवसरमा विभिन्न शक्ति

लमजुङ : हिन्दूको महान् चाड दशैँतिहारमा पिङ हाल्ने र खेल्दै आए पनि केही वर्षदेखि हाम्रो