आजदेखि आन्तरिक उडानको कोटामा वृद्धि



काठमाडौं : सरकारले आन्तरिक हवाई उडानको दैनिक कोटामा वृद्धि गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले यसअघि असोज ५ गतेदेखि उडान थाल्दा असोज १४ गतेसम्मको उडान तालिका दिएको थियो ।

यसबीच हवाई यात्रुको बढ्दो चापकाबीच प्राधिकरणले कम्पनीलाई दैनिक दिएको उडानको कोटा बढाएको हो । अब बुद्ध एयरले दैनिक २५ वटा उडान गर्न पाउनेछ । यसअघि बुद्धलाई दैनिक १८ वटा उडानको अनुमति दिइएको थियो ।

त्यस्तै दैनिक ११ वटा उडान अनुमति पाएको यति एयरलाइन्सले अब १८ वटा उडान गर्न सक्ने भएको छ । त्यस्तै श्री एयरले दैनिक १२ उडानको अनुमति पाएको छ । यसअघि श्रीको ६ उडानलाई मात्र अनुमति थियो ।

सिम्रिक र सौर्यलाई २–२ उडानको अनुमति दिएको छ । यसअघि दुबै एयरलाइन्सले एक–एक वटा मात्र उडानको अनुमति पाएका थिए। दुर्गम भेगमा काठमाडौंबाट उडान गर्ने समिट, तारा र सीता एयरले अब दैनिक चार वटा उडान गर्न सक्ने भएका छन् ।

यसअघि यी कम्पनीले तीन९तीन उडान गर्ने सक्ने गरी तालिका पाएका थिए । नयाँ उडान तालिका अक्टोबर महिनाभर लागू हुनेछ । त्यसपछि परिस्थितिको अवस्था हेरी उडान थपघटको निर्णय हुन सक्ने प्राधिकरणले जनाएको छ ।

प्रकाशित : असोज १५, २०७७

प्रतिक्रिया दिनुहोस्