घुससहित जनकपुरधाम उपमहानगरपालिकाका कर्मचारी दिलिप पञ्जियार पक्राउ



जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकाका एक कर्मचारी घुससहित पक्राउ परेका छन् । जनकपुरधाम उपमहानगरपालिका–१३ का कार्यालय सहयोगी दिलिप पञ्जियारलाई अख्तियारको टोलीले सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा रंगेहात पक्राउ गरेको छ ।

सेवाग्राहीसँग नागरिकताको सिफारिस गरिदिने भन्दै २४ हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा अख्तियार बर्दिबासको टोलीले कार्यालय सहयोगी पञ्जियारलाइ पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको कार्यालयले जनाएको छ ।

कार्यालय सहयोगी पञ्जियारले सेवाग्राहीलाई आफु नै वडा सचिव रहेको र नागरिकताको सिफारीस आफुले नै गर्ने भन्दै उनीसँग घुस रकम मागेका थिए । उनलाई वडा कार्यालयको परिसरबाटै गोप्य सुचनाको आधारमा पक्राउ गरिएको छ ।

प्रकाशित : असोज १५, २०७७

प्रतिक्रिया दिनुहोस्