बालगोपालेश्वर मन्दिरमा यसरी राखियो गजुर



काठमाडौं : लामो समयको विवादपछि मल्लकालीन शैलीमा पुनर्निमार्ण गरिएको रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा सुनको लेपन भएको गजुर प्रतिस्थापन गरिएको छ ।

विसं. २०७२ साल वैशाख १२ गते गएको महाभूकम्पमा रानीपोदरीको बीच भागमा अवस्थित ऐतिहासिक बालगोपालेश्वर मन्दिर क्षतिग्रस्त भएको थियो ।

रानीपोखरीको बालगोपालेश्वर मन्दिरको पुनर्निर्माणको काम अन्तिम चरणतिर पुगेसँगै बिहीबार बालगोपालेश्वर मन्दिरमा सुनको लेपन भएको गजुर प्रतिस्थापन गरिएको हो ।

रानीपोखरी पुनर्निर्माण उपभोक्ता समितिका सचिव रोशनकाजी तुलाधारले यस वर्षको भाइटीकाबाट रानीपोखरी पूर्ण रुपमा खुला हुने बताएका छन् । केही साता पहिले पोखरीमा पहिलो तहमा पानी भर्ने काम गरिएको थियो ।

विज्ञ समूहका सदस्य एवं सम्पदाविद् सुदर्शनराज तिवारीका अनुसार वि.सं. १८९० को भुइँचालोले शिखर शैलीको मन्दिर ढलेपछि जंगबहादुर राणाले गुम्बज शैलीमा पुनर्निर्माण गराएका थिए ।

२०७२ माघ ३ गते राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी पुनर्निर्माणको शिलान्यास गरेकी थिइन् । शिलान्यास भएको करिब ५ वर्षपछि पुनर्निर्माण अन्तिम चरणमा छ भने पुनर्निर्मित रानीपोखरीको उदघाटन राष्ट्रपति भण्डारीबाटै गराउने सरकारको तयारी छ ।

सम्बन्धित समाचार

रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा गजुर प्रतिस्थापन

प्रकाशित : असोज १५, २०७७

प्रतिक्रिया दिनुहोस्