नक्कली इन्सपेक्टर पक्राउ



काठमाडौं : नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्सपेक्टर) को पोशाक लगाएर ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका-७ चौधरी टोलका २९ वर्षीय अजयकुमार राय रहेका छन् । प्रहरीका अनुसार बुधबार रायलाई नेपाल प्रहरीको इन्सपेक्टरको पोशाकमा पक्राउ गरेको हो ।

९ महिनादेखि प्रहरी चौकी परवानीपुर, नगवालगायत क्षेत्रमा गएर आफू इन्सपेक्टर भन्दै यादवले ठगी गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ । यसअघि उनी सरकारी छाप किर्ते अभियोगमा जेल परेका थिए ।

उनले पर्साको वीरगञ्ज महानगरपालिका-१६ स्थित देवपार्टी प्यालेसमा परीक्षा संचालन गरेर विभिन्न व्यक्तिहरुबाट ३ लाख ६१ हजार रुपैयाँ ठगी गरेको खुलेको छ ।

प्रकाशित ः १५ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्