पाकिस्तानकाे विजयी सुरुवात, प्रतिस्पर्धात्क खेलमा भारत पराजित



काठमाडौँ : साफ यू–१५ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा पाकिस्तान विजयी भएको छ ।

 

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदान सातदोबाटोमा भर्खरै सम्पन्न खेलमा पाकिस्तानले भारतलाई २–१ गोलको अन्तरमा पराजित गरेको हो । 

 

खेलको ३१आैं मिनेटमा पाकिस्तानले अदनान जस्टिनको गोलबाट अग्रता लिएको थियो । खेलको ५३आैं मिनेटमा भारतका थालाचुईले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

 

तर खेल सकिन ५ मिनेट बाँकी छँदा पाकिस्तानका वासिफले गोल गर्दै पाकिस्तानलाई जित दिलाए । मैदान छिरेको दोस्रो मिनेटमै उनले गोल गरेका थिए । 

 

खेलमा पाकिस्तानले शुरुआतदेखि नै भारतमाथि दबाब सिर्जना गरेको थियो । जितसँगै समूह ‘बी’मा पाकिस्तानले महत्वपूर्ण तीन अङ्क जोडेको छ । प्रतियोगिताअन्तर्गत आजै नेपाल र माल्दिभ्सबीच सोही मैदानमा ३ बजे खेल हुनेछ ।

रासस

प्रतिक्रिया दिनुहोस्