भारतबाट माछापुच्छ्रे बैंकमा बिना कुनै अतिरिक्त शूल्क पैसा पठाउन सकिने



काठमाडौं : भारतबाट माछापुच्छ्रे बैंकमा बिना कुनै अतिरिक्त शूल्क पैसा पठाउन सकिने बैंक लिमिटेडले रोजगारी तथा अन्य शिलशिलामा भारतमा रहेका नेपालीहरुले भारतस्थित ओम एक्सप्रेस पेमेन्ट सर्भिसेजमार्फत बिना कुनै अतिरिक्त शूल्क नेपालमा पैसा पठाउन सक्ने व्यवस्था गरेको छ ।

चाडबाडको समयलाई लक्षित गरि असोज १२ गतेदेखि २ महिनासम्म भारतमा रहेका नेपालीहरुले त्यहाँस्थित ओम एक्सप्रेस पेमेन्ट सर्भिसेजसँग सम्पर्क गरि भारतका जुनसुकै स्थानबाट नेपालमा बिना कुनै अतिरिक्त शूल्क पैसा पठाउन सक्नेछन् । यसरी पठाएको पैसा नेपालमा रहेका भारतबाट माछापुच्छ्रे बैंकमा बिना कुनै अतिरिक्त शूल्क पैसा पठाउन सकिने बैंकका १६० शाखा, १३३ शाखारहित बैंकिङ्ग सेवालगायत देशभर रहेका १० हजारभन्दा बढि रेमिट्यान्स एजेन्टमार्फत सहज र सरल तरिकाबाट भुक्तानी लिन सकिनेछ ।

स्थापनाकालदेखि नै नयाँनयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमा झल्याउन कटिवद्ध रहेको बैंक पूर्वदेखि पश्चिम साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना १६० वटा शाखाहरु,१३३ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउण्टर समेत गरी जम्मा २९८ स्थानमा रहेका सेवा सञ्जाल तथा १९९ वटा एटीएमहरु तथा १ हजारभन्दा बढी पिओएस (POS Machine) मार्फतबाट ग्राहकहरुलाई अत्याधुनिक प्रविधिसहित सम्पूर्ण बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ ।

प्रकाशित : असोज १५, २०७७

प्रतिक्रिया दिनुहोस्