पुनर्निर्माण प्राधिकरणका सीईओ ज्ञवालीलाई कोरोना संक्रमण



काठमाडौं : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीलाई कोरोना संक्रमण भएको छ ।

काममा लागि रहेका बेला केही लक्षण देखिएपछि परीक्षण गराउँदा कोभिड-१९ रिपोर्ट पोजिटिभ देखिएको बिहीबार सीईओ ज्ञवालीले ट्वीटमार्फत जानकारी गराएका हुन् ।

‘पुनर्निर्माणको काममा सक्रिय रुपमा लागि रहेका बेला केही लक्षण देखिएपछि परीक्षण गराउँदा कोभिड-१९ रिपोर्ट पोजेटिभ देखिएको छ । तसर्थ म होम आइसोलेनमा छु । र, स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराउँछु ।’ उनको सचिवालयका अनुसार ज्ञवाली र परिवारका सदस्यहरुको वीर अस्पतालमा स्वाब परीक्षण गरिएको थियो ।

त्यसक्रममा सोमबार रिपोर्ट आउँदा सीईओ ज्ञवालीमा कोरोना पुष्टि भएको हो । परिवारका सदस्यहरुको परीक्षण रिपोर्ट भने नेगेटिभ आएको थियो । सोमबार नै कोरोना संक्रमित भएका ज्ञवालीले ३ दिनपछि त्यसबारे सार्वजनिक जानकारी दिएका हुन् ।

प्रकाशित :५ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्