पिसिआर परीक्षण निः शुल्क गर्न सर्वोच्चको आदेश



काठमाडौं : सर्वोच्च अदालतले कोरोना भाइरस संक्रमण पत्ता लगाउन गरिने पिसिआर परीक्षण निः शुल्क गर्न आदेश दिएको छ ।

आज (बिहीबार) न्यायाधीशद्वय डा.आनन्दमोहन भट्टराई र टंक मोक्तानको संयुक्त इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्य मन्त्रालयलाई पिसिआर परीक्षणको शुल्क नलिन परमादेश दिएको हो ।

अधिवक्ता केशरजंग केसी र लोकेन्द्र ओलीले भदौ २८ गते दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले आधारभूत स्वास्थ्य सेवा नागरिकको मौलिक हक भएकाले शुल्क नलिन आदेश दिएको छ ।

कोरोना संक्रामक रोग भएको र यस्ता रोगको उपचार सरकारले निः शुल्क गर्नुपर्ने कानुनी व्यवस्था भए पनि सरकारले दुई हजार रुपैयाँ लिदै आएको छ । सुरुमा पिसिआर परीक्षण शुल्क ५ हजार ५ सय रुपैयाँ तोकेको सरकारले पछि घटाएर ४ हजार ४ सय शुल्क लिने निर्णय गरेको थियो ।

त्यसलाई पनि घटाएर सरकारले २ हजार शुल्क तोकेको थियो । तर निजी अस्पतालले घटाउन अस्वीकार गर्दै आएका छन् ।

प्रकाशित : १५ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्