दिपायल विमानस्थलबाट नियमित उडान हुने



धनगढी : संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री योगेश भट्टराईले दिपायल विमानस्थलबाट नियमित उडान हुने बताएका छन् ।

लामो समयदेखी बन्द रहेको सुदूरपश्चिम प्रदेशका ३ विमानस्थलको निरक्षणका लागि डोटी पुगेका उनले विमानस्थललाई नियमित रुपमा संचलान गर्ने योजनामा रहेको बताए ।

अझै विमानस्थलमा केहि काम बाँकी देखिएको उनले बताए । रनवे बढाउनुपर्ने देखिएकाले त्यसका लागि जग्गा लिएर विमानस्थलको क्षेत्र विकासमा क्रियाशिल हुने मन्त्री भट्टराइको भनाइ छ । प्राकृतिक रुपमा सुन्दर रहेको दिपायल विमानस्थलबाट नियमित रुपमा हवाई उडान हुन थालेपछि राजधानीदेखि डोटी टाढा नहुने उनले बताए ।

मन्त्री भट्टराई नेतृत्वको टोली शनिबार सुदूरपश्चिमका ३ वटा विमानस्थलहरु निरिक्षण गरेको छ । डोटीको दिपालय विमानस्थल, बैतडीको पाटन विमानस्थल र बझाङको चैनपुर विमानस्थलको आज (शनिवार) एकै दिन निरिक्षण हुँदैछ ।

प्रकाशित :१७ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्