एन्ड्रोइड टिभीका लागि नयाँ जीबोर्ड सार्वजनिक



काठमाडौं : गत वर्ष गुगलले एन्ड्रोइड टिभी किबोर्डका लागि ठुलो रिफ्रेश घोषणा गरेको थियो ।

यसै अन्तर्गत हालै एन्ड्रोइड टिभीले नयाँ ताजा डिजाइनसहित जीबोर्ड टिभी सार्वजनिक गरेको हो । एन्ड्रोइड टिभीको इन ब्युल्ट किबोर्डलाई बिस्थापन गरेर जीबोर्ड अटोमेटिक इन्स्टल हुन सक्छ ।

यसका लागि सिस्टमलाई कुनै पनि किसिमको अपग्रेड चाहिँदैन । जीबोर्ड टिभी स्टक किबोर्ड भन्दा फरक छ । यसको सबैभन्दा ठूलो भिन्नता भनेको यसको डिजाइन नै हो । यो जीबोर्ड परम्परागत किबोर्ड जसरी तपाईंको स्क्रिनको तल्लो भागलाई ढाकेर बस्दैन ।

यो स्क्रिनको बीच भागमा तैरिहरन्छ । यसमा परम्परागत क्वेर्टी लेआउट छ । यदि तपाईंले यो जीबोर्डलाई एन्ड्रोइड स्मार्टफोनमा प्रयोग गरे । भने तपाईंले एन्ड्रोइड टिभीमा जस्तै समान अनुभूति पाउने छन् । जीबोर्डको माथिल्लो भागमा एउटा नयाँ माइक्रोफोन सर्टकट छ ।

अधिकांश एन्ड्रोइड टिभी डिभाइसहरुमा रिमोटमा भ्वाइस बटन बनाइएको हुन्छ । तर जीबोर्ड सफ्टवेयरमा रहेको सर्टकट विशेष टेक्स्ट फिल्ड फिल गर्ने काम एकदमै सहज छ । गुगलले यो परिवर्तनको रोलआउट व्यापक ढंगले गरिसकेको छ । प्रयोगकर्ताहरुले सबै किसिमका आधुनिक एन्ड्रोइड टिभी डिभाइसमा यो परिवर्तन देख्न सक्ने छन् ।

प्रकाशित : १७ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्