
सर्लाही : पानी जमेको खाल्डोमा डुबेर मंगलबार राति सर्लाहीको हरिवन –४ मा २ जना बालिकाको ज्यान गएको छ।
गोल्ड इँटा उद्योगले माटो खन्दा बनेको खाल्डोमा डुबेर स्थानीय जुमेर सेखकी ६ वर्षीया छोरी समार खातुन र इन्तिहाज सेखकी ९ वर्षीया छोरी जस्मिन खातुनको ज्यान गएको हो।
मंगलबार दिउँसोदेखि बेपत्ता भएका दुबै बालिकाको राति अबेर स्थानीयले पानीमा डुबेको अवस्थामा शव फेला परेका थिए। इँटा उद्योगमा काम गर्ने मजदुरले पानीमा तैरिरहेको अवस्थामा बालिकाहरुको शव देखेपछि प्रहरीलाई खबर गरेका हुन्।
दुवै मृतकको शव परिक्षणका लागि राति मलंगवा अस्पताल पठाइएको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान भैरहेको सर्लाही प्रहरीले जनाएको छ।