छ टाउके पार्टीलाई एक टाउके बनाउनुपर्छ : नेता भण्डारी 



महोत्तरी(जलेस्वर) : महोत्तरीको जलेश्वरमा बिहीबार राष्ट्रिय जनता पार्टी नेपाल जिल्ला कार्यसमिति, महोत्तरीको आयोजनामा एक दिने जिल्ला स्तरिय कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

 

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष मण्डलका सदस्य तथा प्रतिनिधिसभा सदस्य सरदसिंह भण्डारीले पहिले राजेन्द्र महतोको पार्टी, शरद सिंहको पार्टी, राजकिशोरको पार्टी भए पनि मलेठ घटनाले यी सबै ६ पार्टीलाई मिलाएर राष्ट्रिय जनता पार्टी नेपाल बनाइएको जनाए ।

 

अहिलेको दुर्इ तिहाइको संघिय सरकारले अधिनायकवाद लाद्न खोजेको कारण संघीयताको रक्षार्थ अब सोच्नुपर्ने बेला आएको भण्डारीले बताए । अहिलेको प्रमुख चुनौंती नै संविधानको रक्षा गर्नु, संघीयताको रक्षा गर्नु भएकाले सुरुमा त्यसका लागि बलियाे बन्न ६ टाउकाे भएकाे राजपाकाे एक टाउकाे बनाउनुपर्नेमा गम्भिर भएर विचार गर्नुपर्ने बेला अाएकाे उनले बताए ।

 

नेता भण्डारीले भने, 'राजपा नेपाल अहिले निजी कम्पनी जस्तै छ यसरी काम न‍चल्ने भएकाले हामीले पार्टी नै बनाउने तर्फ जाेड दिनुपर्छ ।' 

 

अहिलेको दुर्इ तिहाइको संघिय सरकारले अधिनायकवाद लाद्न खोजेको कारण संघीयताको रक्षार्थ हामीले अव सोच्नुपर्ने वेला आएको बताए । नले वर्तमान संघीय सरकारमाथि प्रश्न तेर्स्याउँदै भने,' गाउँ-गाउँमा सिंहदरवारको फोटो त छ तर अधिकार अझैं उही पुरानो सिंहदरवारमै सीमित छ ।'

 

जलेश्वरको जिल्ला विकास समितिको सभाकक्षमा भएको प्रशिक्षण कार्यक्रममा राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य तथा प्रतिनिधिसभा सदस्य महेन्द्र राय यादवले अबको आउने दिनमा अाफूहरु दुर्इ नम्बर प्रदेशमा मात्र होइन समग्रमा शोषित पीडितको पक्षमा वकालत गर्न लागि पर्ने जनाए । 

 

राजपा नेपाल अब आफ्नो दृष्टिकोण स्पष्ट गर्दै यो देशको जनताको भावना अनुरूप काम गर्नु पर्ने बेला आएको जिकिर गर्दै नेता यादवले अव अाफूहरु मधेशको मात्र होइन देशको हितमा काम गर्ने सोचकासाथ अगाडी बढ्ने जनाए । 

 

कार्यक्रममा प्रतिनिधिसभा सदस्य तथा राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले राजपा नेपालले राजपा नेपाल वैकल्पिक शक्तिको रुपमा काम गर्नुपर्ने बेला आएको जिकिर गर्दै अब आफ्नो पार्टीको सबलीकरण गर्दै जनताको पार्टीको रुपमा नाम अनुसार नै काम गर्ने दाबी समेत गरे ।

प्रतिक्रिया दिनुहोस्