सुनको मूल्य २ सयले घट्यो



काठमाडौं : बुधबार नेपाली बजारमा सुनको भाउ तोलामा २०० घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ घटेर ६० हजार १०० मा कारोबार भइरहेको हो।

मंगलबार सुनको भाउ तोलमा ६० हजार ३०० रहेको थियो। यस्तै तेजावी सुन तोलमा ५९ हजार ८०० मा कारोबार भइरहेको छ। यस्तै चाँदी बुधबार तोलामा १० घटेर ७३० मा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्