
काठमाडौं :सरकारले ‘नेपाल जीवनस्तर सर्वेक्षण सुरु गरेको छ । केन्द्रिय तथ्यांक विभागका महानिर्देशक सुमनराज अर्यालले नेपाल जीवनस्तर सर्वेक्षण सुरु गरिएको जानकारी दिए ।
बुधबार संघीय संसदको अर्थ समितिको बैठकमा उनले गरिवी निवारण गर्ने सरकारको लक्ष्यलाई सघाउ पुर्याउन विभागले जनताको जीवन स्तरको पनि सर्वेक्षण गर्नै कामलाई अघि बढाएको बताए । त्यस्तै विभागले सामाजिक गतिविधि तथा महिला, दलित, जनजातिलगायतका समूदायहरुको पनि तथ्यांक संकलनको कामलाई सुरु गरिएको जनाएको छ ।
विभागले राष्ट्रिय योजना आयोगको सहयोगमा नेशनल डेटा प्रोफाईलको कापनि अन्तिम चरणमा पुर्याएको छ । राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाँलले मुलुकको समग्र डाटालाई संकलन गरेर इन्टरनेटमार्फत् जानकारी गराउने उद्देश्यका साथ डेटा प्रोफाईल बनाउने काम भईरहेका समितिलाई जानकारी गराए । केन्द्रिय तथ्यांक विभागले नेपालमा पहिलो पटक आर्थिक गणनाको काम सुरु गरेको छ ।