भ्रष्टाचार नियन्त्रणकालागि सबै एक हुनुपर्छ : उपराष्ट्रपति पुन



ललितपुर: उपराष्ट्रपति नन्दबहादुर पुनले राजधानी काठमाडौंमा एउटा अन्तराष्ट्रिय स्थलको प्रर्दशनी हल बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । उपराष्ट्रपति पुनले प्रर्दशनीका लागि हलको व्यवस्था नभएको उल्लेख गर्दै काठमाडौंमा अन्तराष्ट्रिय स्थलको र जिल्ला–जिल्लामा पनि प्रर्दशनी हलको व्यवस्था हुने गरी आगामी आर्थिक वर्षमा बजेटको व्यवस्था गर्न पनि सरकारलाई सुझाव दिए  ।

बुधबारबाट ललितपुरमा सुरु भएको ‘ललित अन्तराष्ट्रिय व्यापार मेला’को उद्घाटन गर्दै उहाँले भृकुटीमण्डपमा भएको प्रर्दशनी हल पूरानो भईसक्दा पनि नयाँ प्रर्दशनी हलको व्यवस्था गर्न नसक्नु मुलुकको लागि लाजमर्दो विषय भएको बताए  ।

उपराष्ट्रपति पुनले मुलुकको समृद्धि र विकासको बाधकको रुपमा रहेको भ्रष्टाचार नियन्त्रणका लागि सबै पक्ष एकतावद्ध भएर पहल गर्न जरुरी रहेको बताए । ५ दिनसम्म चल्ने मेलामा ललितपुरका हस्तकलाका सामग्रीहरुलाई विशेष आकर्षणको रुपमा राखिएको छ ।

भारत, चीन, पाकिस्तान, बंगलादेशसहित १ सय भन्दा बढि स्टल रहेको मेलामा करिव ५ लाखले अवलोकन गर्ने र ५ करोड रुपैँया बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्