६ सय ४० स्थानीय तहमा १५ शैया अस्पताल निर्माणगर्ने सरकारको तयारी 



काठमाडौं: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हरेक प्रदेशमा ट्रमा सेन्टर स्थापना गर्ने भएको छ । यसका लागि मन्त्रालयले आवश्यक गृहकार्य अगाडि बढाएको मन्त्रालयका सहसचिव डा. विकास देवकोटाले जानकारी दिए। हाल मन्त्रालयले हरेक प्रदेशमा कम्तीमा एक मेडिकल कलेज स्थापना गर्ने कार्य अगाडि बढाएको छ ।

‘सङ्घीय प्रणालीमा समता र विकासका लागि अनुसन्धान’ भन्ने नाराका साथ आजदेखि यहाँ शुरु भएको पाँचौँ स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकहरूको शिखर सम्मेलनको पहिलो दिन सहसचिव डा. देवकोटाले सङ्घीयता कार्यान्वयन गर्न स्वास्थ्य क्षेत्र अग्रणी रहेको बताए। यसैगरी चालू आर्थिक वर्षमा एक हजार २००  स्वास्थ्य चौकी भवन, ६४० स्थानीय तहमा १५ शै्याको अस्पताल निर्माण कार्य अगाडि बढाइएको उनले जानकारी दिए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा पुष्पा चौधरीले स्वास्थ्यका कर्मचारी समायोजनका समस्या समाधान गर्न पहल भइरहेको जानकारी दिँदै आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न स्थानीय तहलाई बलियो बनाउन आवश्यक रहेको बताईन् ।

परिषद्का अध्यक्ष प्रा डा अञ्जनीकुमार झाले स्वास्थ्यका नयाँ नीति बनाउन सम्मेलनबाट आएका निष्कर्षले सहयोग पुग्ग्ने विश्वास व्यक्त गर्दै सम्मेलनमा ३३ कार्यपत्र प्रस्तुत गरिने जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्