महोत्तरीमा सामूहिक ब्रतबन्ध



जनकपुर : आफ्नो मौलिक संस्कार र परम्परा संरक्षण गर्न मैथिली समुदायको संस्था मौथिल ब्राम्हण सभाले निःशुल्क सामूहिक ब्रतबन्धको आयोजना गरेका छ।

महोत्तरी पिपरा गाउँपालिका २ सहोडवास्थित दुर्गामन्दिरमा आयोजना गरिएको ब्रतबन्धमा नेपाल र भारतका बिभिन्न स्थानबाट १९ जना बटुक सहभागि थिए। आधा दर्जन भन्दा बढी ब्राम्हणले मन्त्रोच्चारण गरेको सामुहिक ब्रतबन्धमा महिलाहरूले परम्परागत मैथिली गीत गाएका थिए।

दुई दिनसम्म चलेको सामूहिक ब्रतबन्धमा झन्डै १० लाख रुपैयाँ खर्च भएको आयोजकले जनाएको छ। सहभागीलाई खाने, बस्नेसहित ब्रतबन्धका लागि आवश्यक सम्पूर्ण सामग्री निःशुल्क उपलब्ध गराइएको थियो। सामूहिक ब्रतबन्ध हेर्न प्रदेश २ का मन्त्री, राजनीतिक दलका नेता र सर्वसाधारण दुर्गा मन्दिर पुगेका थिए। 

प्रतिक्रिया दिनुहोस्