आँधी प्रभावितका लागि काठमाडौं महानगरको ४० लाख सहयोग 



काठमाडौं : काठमाडौं महानगरपालिकाले बारा र पर्साका आँधी पीडितका लागि ४० लाख भन्दा बढी सहयोग गरेको छ। यसअघि घोषणा गरेबमोजिम महानगरपालिकाले ४० लाख ३१ हजार ४ सय १३ रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप कोषमा जम्मा गरेको हो।

बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्य र प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालाले संयुक्तरुपमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेक हस्तान्तरण गरे।

केही दिनअघि महानगरपालिकाको नगरकार्यपालिका बैठकले बारा र पर्साका आँधी प्रभावितका लागि महानगरपालिकाका तर्फबाट २५ लाख र जनप्रतिनिधि र कर्मचारीको पारिश्रमिकमध्येबाट एक दिनको तलब सहयोग गर्ने निर्णय गरेको थियो। चैत १७ गते राती बारा र पर्सामा भिषण हावाहुरी चल्दा ठूलो जनधनको क्षति भएको थियो।

प्रतिक्रिया दिनुहोस्