सवारी दुर्घटनामा परेका क्रिकेटर ताराकाइको निधन



काठमाडौं : सवारी दुर्घटनामा परेका अफगानी क्रिकेटर नजीब ताराकाइको निधन भएको छ ।

शनिबार दुर्घटनामा परेका ताराकाइको आज (मंगलबार) उपचारका क्रममा निधन भएको हो ।

सडक पार गर्दा कारले ठक्कर दिएर गम्भीर घाइते भएका उनको काबुलस्थित एक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

उनको निधनको खबर अफगानिस्तान क्रिकेट बोर्डले ट्वीटर मार्फत जानकारी दिएको छ । ब्याट्सम्यान ताराकाइले टी २० बाट आफ्नो करियर शुरु गरेका थिए ।

प्रकाशित :२१ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्