दशैँमा खुला देशभरका शक्ति पिठ !



काठमाडौं : हिन्दुहरुको महान चाड दशैँ नजिकिएसँगै देशभरका शक्ति पिठहरु खोल्ने कि नखोल्ने भन्ने अन्यौल शुरु भएको छ । दशैँ शुरु हुन नौ दिन बाँकी हुँदा शक्ति पिठ खोल्ने कि नखोल्ने भन्ने बारे अन्यौलता देखिएको हो ।

त्यसोत देशभरका शक्ति पिठहरु स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्ने प्रस्ताव गरिएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसि)को अब बस्ने बैठकले देशभरका शक्ति पिठहरु खोल्नेबारे आवश्यक निर्णय गर्ने छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मापदण्ड पालना गर्ने गरी शक्ति पिठहरु खुला गर्ने प्रस्ताव गत साता सिसिएमसिमा पठाएको मन्त्रालयका प्रवक्ता कमलप्रसाद भट्टराईले जानकारी दिए ।

पैराणविक मान्यता अनुसार शतिदेवीको अंग पतन भएको ठाउँमा अष्ट मात्रिकाको बसोवास छ भन्ने त्यो ठाउँलाई शक्ति पिठ भन्ने गरिन्छ ।

दशैँको घटस्थापनाको दिनदेखि नौ दिनसम्म देशभरका शक्ति पिठमा भक्तजनको घुइँचो लाग्ने गर्दछ । तर, यो वर्ष कोरोनाको महामारीका कारण पछिल्लो ६ महिनादेखि सबै धार्मिक स्थलहरु बन्द छन् ।

तर, हिन्दु नेपालीहरुको महान चाड भएकोले दशैँमा सुरक्षा सतर्कता अपनाएर शक्ति पिठ खोल्न माग हुँदै आएको थियो ।

केन्द्र सरकारको मन्त्रिपरिषद्ले नै धार्मिक क्षेत्रलाई नखोल्ने भनेर निर्णय गरेकोले स्थानीय प्रशासन ऐनले दिएको अधिकार अनुसार पनि मन्दिर खोल्ने निर्णय गर्न नसक्ने भएको केन्द्रले निर्णय नगर्दासम्म शक्ति पिठ खोल्न पाउने छैनन् ।

प्रकाशित : असोज २१, २०७७

प्रतिक्रिया दिनुहोस्