प्रताप दासको ‘जाग युवा हो…’ सार्वजनिक



काठमाडौं : प्रताप दासको स्वरमा रहेको राष्ट्रिय गीत ‘जाग युवा हो…’ सार्वजनिक भएको छ ।

इन्दु दनुवारको शब्द, सुरज लामिछानेको संगीत तथा कथा रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

यादव पुडासैनीको निर्देशन, नारायण रिजालको कोरियोग्राफी र सुरजको सहनिर्देशन रहेको गीतको भिडियोमा दीलिप रायमाझी, इन्दु दनुवार, बालकलाकार आस्तिक रिजालले अभिनय गरेका छन् ।
सुरेश बज्राचार्यको छायाँकन रहेको गीतको भिडियोमा अनिल कुमार महर्जनको सम्पादन छ । गीतले राष्ट्रियताका विषयमा अब युवहरू जाग्नु पर्ने सन्देश दिएको छ ।

गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कुष्ट बनेको छ । ‘हामी सबैले मिलेर राष्ट्रिय जागरण गीतको भिडियो स्रोतारदर्शकमाझ ल्याएका छौ, सबैले माया गरिदिनुहुेनेमा आशावादी छौं’, सङ्गीतकार सुरजले भने ।

प्रकशित : असोज २१, २०७७

प्रतिक्रिया दिनुहोस्