आइपिएलः पोलार्ड चम्कदा पञ्जावमाथि मुम्बईको शानदार जित



काठमाडौं : आइपिएल क्रिक्रेटमा मुम्बई इन्डियन्सले किंग्स इलाभेन पञ्जावमाथि शानदार जित हात पारेको छ। ९७ रनको लक्ष्य पक्ष्याएको मुम्बाइले २० ओभरको पूरा खेल खेल्दा जित भेटाएको हो। मुम्बाइका किरण पोलार्डले विष्फोटक ब्याटिङ गर्दा पञ्जावले हाइ स्कोर बनाउदा समेत हार बेहोर्नु पर्‍यो। 

पञ्जावका लोकेश राहुलले बनाएको शतकलाई छायाँमा पार्दै पोलर्डले ३१ बलमा ३ चौका र १० छक्का प्रहार गर्दै ८३ रन बनाए। नियमित कप्तान रोहित शर्मा चोटका कारण पहिलो रोजाईमा नपरेपछि पोलार्डले मुम्बईको कप्तानी गरेका थिए।

र वेष्ट पोलार्डले ३१ बलमा ८३ रन बनाए भने अन्य खेलाड क्वेिन्टन डे ककले २४, सूर्य कुमार यादवले २१, हार्दिक पाण्ड्याले १९ र डेब्यु ब्वाए ए लाडले १५ रन जोडे भने अल्जारी जोसेफले नटआट १५ रन जोडे। जेसेफले अन्तिम बलमा दुई रन हान्दा मुम्बाईको जीतको लक्ष्य पूरा भएको हो।  

त्यसअघि मुम्बई वाङ्खडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको पञ्जावले ओपनर राहुलको अर्धशतक मद्दतमा निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १९७ रन बनाएको थियो। राहुलले ६४ बल खेल्दै ६ चौका र ६ छक्काको मद्दतमा नटआउट १०० रन बनाए।

 मुम्बईका हार्दिक पाण्ड्याले २ विकेट लिए। मुम्बईका बलरमध्ये सबैभन्दा महँगा पनि हार्दिक नै बने। उनले ४ ओभरमा ४ चौका र ४ छक्का सहित ५७ रन खर्चिए। यस्तै बलिङमा पञ्जावका मोहम्मद शामीले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए।

राहुल र क्रिस गेलले पहिलो विकेटका लागि ११६ रनको साझेदारी गर्दै पञ्जावलाई राम्रो सुरुवात दिलाएका थिए। गेलले ३६ बल खेल्दै ३ चौका र ७ छक्काको मद्दतमा ६७ रन बनाए। यस सिजन चौथो जितपछि ६ खेलबाट ८ अंक जोडेको मुम्बई पञ्जावलाई रनरेटमा पछि पार्दै अंकतालिकामा तेस्रो स्थानमा उक्लेको छ। समान अंक रहेको कोलकता नाइट राइडर्स भने  रनरेटमा मुम्बईभन्दा अघि छ।

 

प्रतिक्रिया दिनुहोस्