जिनोम एडिटिङ विधिको विकास गर्ने वैज्ञानिकलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार



काठमाडौं : यसवर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार दुई महिला वैज्ञानिकले पाएका छन् ।

जिनोम एडिटिङ विधिको विकास गर्न सफल भएकामा फ्रान्सकी वैज्ञानिक इम्यानुएल चारपेन्टिएर र अमेरिकी वैज्ञानिक जेनिफर ए. डाउड्नालाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको हो ।

यस अघि सोमबार चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको थियो । हेपटाइटिस सी भाइरस लगाउन महत्वपूर्ण भूमिका खेल्ने वैज्ञानिक हार्भी जे अल्टर, माइकल ह्युस्टन र चार्ल्स एम राइसलाई संयुक्त रुपमा नोबेल पुरस्कार प्रदान गरिएको थियो ।

मगलबार भने ब्ल्याक होल र तारापुञ्जको अध्ययन गर्ने तीन वैज्ञानिकलाई भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको थियो । रोयल स्विडिस एकेडेमी अफ साइन्सले मंगलबार रोजर पेनरोजलाई ब्ल्याक होलबारे गरेको अध्ययनमा र रिनहार्ड गेनजल र आन्द्रे गेजलाई तारापुञ्जबारे गरेको अध्ययनमा संयुक्त रुपमा नोबेल पुरस्कार प्रदान गरेको थियो ।

प्रकाशित :२१ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्