जाजरकोटमा जीप दुर्घटना, वडा अध्यक्षसहित ५ जनाको मृत्यु



जाजरकोट : जाजरकोट जुनिचाँदी गाउँपालिका १ को अउलखोला लोड्नीमा जीप दुर्घटना हुँदा वडा अध्यक्षसहित ५ जनाको मृत्यु भएको छ ।

सदरमुकाम खलंगाबाट जुनिचाँदी गाउँपालिकातर्फ छुटेको भे १ ज ९३५ नं.को जीप पल्टिँदा जुनिचाँदी गाउँपालिका वडा नंं.११ का अध्यक्ष अमरबहादुर शाहीसहित ५ जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ज्यान गुमाएकामध्ये वडाध्यक्ष अमरबहादुर शाही र कीर्तिबहादुर शाहीको परिचय खुलेको छ । अरुको पहिचान हुन सकेको छैन । दुर्घटना भएको ठाउँ खलंगाबाट झण्डै ८२ किलोमिटर टाढा छ । प्रहरी टोली दुर्घटनास्थलमा पुगिसकेको छ ।

प्रकाशित : २१ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्