कोस्टालाई ८ खेल प्रतिबन्ध हुने सम्भावना



एजेन्सी : एटलेटिको म्याड्रिड तथा स्पेनिस राष्ट्रिय टोलीका फरवार्ड डिएगो कोस्टालाई ८ खेलको प्रतिबन्ध हुने सम्भावना रहेको छ । स्पेनिस ला लिगा अन्तर्गत गतसाता बार्सिलोनाविरुद्ध खेलमा रेफ्रीलाई दुर्व्यवहार गरेका कारण कोस्टाले रातो कार्ड पाएका थिए । उनलाई खेलको पहिलो हाफमा नै रेफ्रीले सिधै रातो कार्ड देखाएका थिए । रेफ्री गिल मान्जानोले उक्त घटनालाई आफ्नो रिपोर्टमा पनि सामेल गरेपछि त्यसबारे थप छानविन हुने भएको छ ।

 

स्पेनको प्रतिष्ठित मिडिया रेडियो मार्साका अनुसार कोस्टाले खेलमा रेफ्रीलाई गरेको दुर्व्यवहारका कारण थप प्रतिबन्ध पाउने भएका हुन् । उनले रेफ्रीलाई गालि गरेका कारण ४ खेल र रेफ्रीलाई हातपात गर्न खोजेका कारण ४ खेल गरि कुल ८ खेल गुमाउने संभवाना रहेको छ । यस्ब्रे स्पेनिस फुटबल संघले औपचारिक जानकारी भने केहि दिनमा सार्वजनिक गर्नेछ ।

जारि लिगमा अब एटलेटिकोले ७ खेल मात्र खेल्न बाँकी छ । कोस्टाले ८ खेलको प्रतिबन्ध भोग्नु परेमा उनले सिजनका बाँकी सबै खेल र अर्को सिजनको पनि सुरुवाती खेल गुमाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्