कन्टेनर दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुई गम्भीर



उदयपुर : ओखलढुंगाबाट उदयपुरको कटारीतर्फ आउँदै गरेको ना ५ ख नम्बरको खाली कन्टेनर कटारी नगरपालिका– ८ सिरिसेस्थित सानादमारमा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको भने अन्य दुई जना गम्भीर घाइते भएका छन् ।

बुधबार बेलुका कन्टेनर दुर्घटना हुँदा कटारी नगरपालिका– ८ का मिनबहादुर रानामगर र मिर्चैया नगरपालिका सिरहाका राकेश यादवको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका चालक झापा दमक घर भएका योगेन्द्र दाहाल र वराहाक्षेत्र नगरपालिका सुनसरीका विजय भुजेललाई थप उपचारका लागि राती नै नोवेल अस्पताल विराटनगर पठाइएको इलाका प्रहरी कार्यालय कटारीका डिएसपी हेमन्त भण्डारी क्षेत्रीले बताए ।

उनीहरुको टाउमा गम्भीर चोट लागेका कारण थप उपचारका लागि नोवेल अस्पताल रेफर गरिएको कटारी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेड डाक्टर राजकुमार गजमेरले बताए ।

प्रहरीका अनुसार घटना के कारण भयो भन्ने एकिन नभएपनि साँघुरो सडकमा सवारीसाधन तीव्र गतिमा गुडेकाले दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ । गाडी सडकबाट सात मिटर तल खसेको थियो ।

प्रकाशित : असोज २२, २०७७

प्रतिक्रिया दिनुहोस्