
काठमाडौं : उडाउन तरखरमा रहेको विमानमा तेल नभएको चाल पाएपछि पाइलट कति आत्तिएलान्? बुधबार त्रिभुवन विमानस्थलमा यस्तै भएको छ।
दिल्ली उड्न लागेको जेट एयरवेजको जहाजमा तेल नभएको थाहा पाएपछि पाइलटले पुन पार्किङ वेमा ल्याएका थिए। विमान निर्धारित समयभन्दा करिब दुई घन्टा ढिलो उडाइएको थियो। जेट एयरवेजको उडान नम्बर दुई सय ६७ दुर्घटनाबाट टरेको हो।
‘ विमान ठूलो दुर्घटनाबाट जोगियो’ , विमानस्थलका एक अधिकारीले भने।