बालिका बलात्कार गर्ने विष्टलाई २५ वर्ष कैद



हेटौंडा : बालिका बलात्कारको कसुरमा मकवानपुर जिल्ला अदालतले एक युवकलाई २५ वर्ष कैद सजायको फैसला सुनाएको छ ।

हेटौंडा–१५ का २८ वर्षीय जयराम रुम्बाविरुद्ध जिल्ला न्यायाधीश कमलराज विष्टको इजलासले अदालतले आइतबार उक्त फैसला सुनाएको हो । विष्टले ८ वर्षीया बालिकालाई बलात्कार गरेको प्रमाणित भएको थियो ।

बालिकालाई क्षतिपूर्तिस्वरूप रुम्बाले १ लाख रुपैयाँ र पीडित राहत कोषमा १ लाख रुपैयाँ जम्मा गर्न पनि अदालतले आदेश गरेको छ ।

आइतबारकै इजलासले १४ वर्षकी बालिकालाई बलात्कार गरेको कसुरमा हेटौँडा-१ का सुदीप लामालाई १२ वर्ष कैद फैसला सुनाएको थियो । उक्त घटनामा अदालतले ६ महिनाभित्र पीडितलाई पीडकबाट क्षतिपूर्तिस्वरूप १ लाख रुपैयाँ नगद उपलब्ध गराउन पनि आदेश गरेको छ ।

प्रकाशित : असोज २२, २०७७

प्रतिक्रिया दिनुहोस्