८ महिनामा ५ सय ५० भन्दा बढी श्रमिकको मृत्यु



काठमाडौं : वैदेशिक रोजगारको लागी विदेश गएका नेपाली कामदारमध्ये यो वर्ष साउनदेखि चैत्र २१ गते सम्म ५ सय ५३ जनाको ज्यान गएको छ । यसमा पुरुषको संख्या अत्यधिक (५ सय ३६) र महिलाको संख्या १७ रहेको छ ।

विगत ८ महिनाको अवधिमा मलेशिया जाने धेरै (१ सय ६३) जनाको मृत्युको भएको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको तथ्याङ्कले देखाएको छ । 

मलेसियामा विरामी भई २९, आत्महत्याबाट २६, सडक दुर्घटनाबाट १५ र कार्यस्थलमा दुर्घटनाबाट २० जनाले जीवन गुमाउनुपरेको छ ।

साउदी अरेवियामा १ सय ४९ र कतारमा ९९ जना कामदारको मृत्यु भएको छ । साउदीमा सडक दुर्घटनाबाट ४७, प्राकृतिक रुपमा ४१ जना र आत्महत्याबाट १३ जनाको मृत्यु भएको छ ।

कतारमा मृत्यु÷प्राकृतिक मृत्युमा २२, आत्महत्याबाट १५, सडक दुर्घटनाबाट १४ र कार्यस्थलमा दुर्घटनाबाट १४ जना जनाले ज्यान गुमाएका छन् ।

अघिल्लो आर्थिक वर्ष (२०७४/७५)मा ८ सय १८ जना कामदारको मुत्यु भएको थियो । गत साल पनि मलेसिया जाने नेपाली कामदारकै सबैभन्दा बढी (२ सय ८९ जना)को मृत्यु भएको थियो ।

खाडीका देशमध्ये मलेशिया, कतार, साउदी अरेबियामा धैरै नेपालीहरु कामका लागी जाने गर्छन् । ती देशमध्ये मलेशिया, कतार, साउदी अरेबियामा कार्यरत धैरै नेपालीको सवारी दुर्घटना, हृदयघात र आत्महत्याका कारण मृत्यु हुने गरेको उक्त बोर्डको तथ्याङ्घले देखाएको छ । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्