
काठमाडौँ : पूर्वन्यायाधीश फोरम नेपालले सर्वोच्च र उच्च अदालतमा सिफासिस न्यायाधीशप्रति असहमति जनाएको छ ।फोमरले बुधबार विज्ञप्ति जारी गर्दै चैत १९ गते सर्वोच्च र उच्च अदालतमा सिफारिस भएका न्यायाधीशबाट न्यायपालिकामा आँच आउने दाबी गरेको छ ।
१९ गतेको न्याय परिषदले सर्वोच्चमा पाँच र उच्च अदालतका लागि १७ जना न्यायाधीश सिफारिस गरेको थियो । उच्च अदालतका लागि सिफारिस भएका न्यायाधीशहरुले बुधबार शपथ ग्रहण गरिसकेका छन् भने सर्वोच्चका लागि सिफारिसहरुको संसदीय सुनुवाइ प्रक्रिया चलिरहेको छ ।
फोरमले न्यायाधीश हुनका लागि वरिष्ठता, अनुभव र कार्यकुशलता, इमानदारिता, चारिक्रिक शुद्धता र न्यायपरिषद् ऐन तथा नियमावली अनुसार अनिवायए रुपमा पालन गर्नुपर्ने प्रक्रियाको समेत बेवास्ता गरी उच्च तथा सर्वोच्चमा सिफारिस न्यायाधीशबाट न्यायपालिकाको गरिमामा आँच आउँने दाबी गरेको छ ।
त्यस्तै फोरमले अयोग्य न्यायाधीशलाई न्याय सम्पादनको जिम्मा दिँदा गम्भीर दुष्परिणाम निम्तिने निश्चित भएको जिकिर गरेको छ ।