कैलालीमा झुन्डीएको अवस्थामा शव फेला



कैलाली : कैलालीको घोडाघोडी नगरपालीका ७ हरीनगरमा  वेवारिसे अवस्थामा पुरुषको शव फेला परेको छ । हरीनगर, करैचा र जुरपानीको बीचमा पर्ने जुरपानी खोलामा झुन्डीएको अवस्थामा अन्दाजी २५-२६ बर्षको पुरुषको शव फेला परेको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी प्रमुख प्रहरी निरीक्षक यक्षराज जोशीले जानकारी दिए ।

 

जुरपानी खोलाको छेउमा रहेको जामुनको रुखमा झुन्डेको अवस्थामा शव फेला परेको उनले बताए । स्थानीयहरुले खोला छेउमै झुन्डीएको अवस्थामा शव फेला पारेपछी इलाका प्रहरी कार्यालय सुख्खडलाई खबर गरेका हुन् ।

 

इलाका प्रहरी कार्यालय सुख्खडको आएको टोली अहिले घटना स्थलमा पुगेको छ । मृतकको पहिचान अझैंसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्