
जनकपुरधाम : जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिनबाट सर्वोच्च अदालतले रोक लगाएको भन्दै समाजवादी युवा फोरम धनुषाले विरोध प्रदर्शन गरेको छ । युवा फोरमका कार्यकर्ताले जनकपुरको भानु चोकमा टायर बालेर प्रदर्शन गरेका हुन् ।
प्रदर्शनपछि निकालिएको विज्ञप्तिमा संविधानमा जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिने उल्लेख भए पनि सो अधिकारबाट वञ्चित गर्ने विभेदकारी निर्णय तत्काल सच्याउन माग गरिएको छ ।
गृहमन्त्रालयले जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिने निर्णय कार्यान्वयनका लागि गरेको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको थियो ।