नेकपाबाट निर्वाचित जनप्रतिनिधि सहित चार दर्जन बढी कांग्रेसमा प्रवेश



काठमाडौं : जाजरकोटको शिवालय गाउँपालिकामा नेकपाबाट निर्वाचित दुई जना जनप्रतिनिधि सहित चार दर्जन बढी नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

बुधबार शिवालय ५ थालारैकरमा नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा तत्कालिन नेकपा एमालेबाट स्थानीय तहको निर्वाचनमा बिजयी दुई जना वडा सदस्य सहित ४ दर्जनबढी स्थानीय नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन् । वडा नम्बर ५ का वडा सदस्य कर्णबहादुर खत्री र अर्का वडा नैनसरा बिक लगायत नेपाली कांग्रेसमा प्रवेश गरे ।

यस्तै नेकपाका वडा सचिव शेरबहादुर खत्री,युवा संघका नेता डिलबहादुर खत्री,डिलबहादुर क्षेत्री,गणेश शाही,केशवप्रसाद रेग्मी, धन खत्री,वीरबहादुर खत्री,जय बहादुर नेपाली,वसन्त खत्री, देवबहादुर शाही,खगिसरा खत्री,प्रेमबहादुर शाही,मंगल खत्री, गजबहादुर पाइजामगर,भरत शाही,हेमन्तबहादुर शाही लगायत रहेका छन् ।

नवप्रवेशीलाई पूर्व सभासद एवं नेपाली कांग्रेसका युवा नेता राजीवविक्रम शाह,नेपाली कांग्रेस जाजरकोटका सचिव खडक बिसी,युवा नेता शेरबहादुर शाही,वडा सभापति भक्तबहादुर शाही लगायतले पार्टीको सदस्यता प्रदान गर्दै स्वागत गरे ।

गाउँपालिका अध्यक्षको रबैयाले नेकपा छाड्नेको लहर बढ्दै नवप्रवेशीहरुले नेकपाबाट निर्वाचित गाउँपालिका अध्यक्षको रबैयाबाट आजित भएर कांग्रेसमा प्रवेश गरेको बताएका छन् ।
शिवालय गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाहीको रबैयाका कारण शिवालयमा पछिल्लो समय नेकपा छाड्नेको संख्यामा समेत बृद्धि हुदैं गएको छ ।

गाउँपालिका अध्यक्ष शाहीले पार्टीभित्रै अन्य जनप्रतिनिधिलाई बेवास्ता गदैं अघि बढ्न थालेको र आफन्तलाई मात्र गाउँपालिकामा भर्ती गर्ने प्रवृती नसुध्रीएपछि लोकतान्त्रिक पार्टी कांग्रेसको चार तारे झण्डामुनी गोलबन्द हुनुको बिकल्प नरहेको नेकपा छाड्नेहरु बताउछन् । गाउँपालिका अध्यक्ष शाहीको कामकारबाही देखेर आजित भइसकेको नेकपा भित्रै रहेका कार्यकर्ताको पनि गुनासो छ ।

गाउँपालिका अध्यक्षमा निर्वाचित भएदेखी अध्यक्ष शाहीले आफ्ना दाईभाई र आफन्तलाई मात्र विकास निर्माणका अधिकांश ठेक्का दिने गरेका छन् । उनले निर्वाचित भइसकेकापछि गाउँमा विकास निर्माणमा ध्यान दिनु त परको कुरा आफ्नै टेक्टर, ट्रिपर, डोजर, स्काभेटर खरिद गरेर कमाउ धन्दामा लागेको शिवालयका स्थानीयको गुनासो छ ।

आशा गरेर जिताएको अध्यक्षबाट यस्तो धोका होला भन्ने नसोचेका मतदाता आगामी निर्वाचनमा भोट खेर जान नदिन असल व्यक्ति चुन्ने योजनामा रहेको बताउछन् । अध्यक्ष शाहीले आफनै पार्टीबाट निर्वाचित उपाध्यक्षलाई बाइपास गर्दै एकल निर्णय गर्ने समेत गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

मुस्ताङ : हिमालपारीको जिल्ला मुस्ताङमा अत्यावश्यक कामबाहेक अन्य जिल्लाबाट गर्ने प्रवेशलाई रोक्ने निर्णय गरेको छ

काठमाडौं : यस वर्षको बडा दशैं आज (शनिबार) देखि औचारिक रुपमा समापन भएको छ ।दशमीको

धनगढी– कोरोनाबाट मृत्यु भएकी महिलाको शव गाडिएको स्थान धनगढी नगरपालिका वडा नम्बर १ स्थित कब्रस्तान

काठमाडौं : काठमाडौंस्थित धापासीमा अज्ञात समूहले छुरा प्रहार गर्दा २४ वर्षीय युवकको मृत्यु भएको छ

काठमाडौं– यसवर्षको तिहार अधिकमासका कारण झण्डै एक महिना पछाडि धकेलिएको छ । तिहारमा सयपत्री तथा

चितवन : चितवन मेडिकल कलेजमा उपचाररत दुई जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

काठमाडौं : कोरोना संक्रमणका कारण काभ्रेका पत्रकार विष्णुप्रसाद चौलागाईँको मृत्यु भएको छ।काभ्रे पोस्टका प्रधान सम्पादक

काठमाडौं : काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई कोरोना संक्रमण पुष्टि भएको छ । सिडिओ

पर्सा– जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पर्साले गरेको भ्रष्टाचार र अनियमिताको विरुद्धमा स्थानिय युवा द्धारा सार्वजनिक

काठमाडौं– गत शनिबार तोडफोड गरिएको मस्जिद पूर्ननिर्माणमा वाडध्यक्षले अवरोध गरेको भन्दै मुस्लिम समुदाय आक्रोशित भएका

काठमाडौं– दशैंपछाडी फर्कनेहरुबाट काठमाडौं उपत्यकामा कोभिड संक्रमण झनै बढ्ने आकलन भइराखेको छ । यसलाई ध्यान

काठमाडौं– गत वर्षको दशैंको तुलनामा यो वर्ष उपत्यका छोड्ने र भित्रिनेको संख्यामा कमि देखिएको छ