संस्कृतका ज्ञाता चन्द्रकान्तले ल्याए ‘परदेशी’



म्याग्दी : बागलुङका चन्द्रकान्त पौडेलले साङ्गीतिक एल्बम ‘परदेशी’ बजारमा ल्याएका छन् । सो एल्बममा समेटिएका गीतमा पौडेलको सङ्गीत र स्वर रहेको छ ।

दिव्या राईको शब्द र पौडेलको स्वर तथा सङ्गीत रहेको यो एल्वमको गीत ‘परदेशी’को भिडियो युट्युबबाट सार्वजनिक गरिएको छ । एल्बम बिक्री र युट्युबबाट आएको ५० प्रतिशत रकम मिर्गौला पीडित रोगीहरूको उपचारमा खर्च गर्ने गायक पौडेलले बताएका छन् । 

अङ्ग्रेजी, संस्कृत, हिन्दी, नेपाली, बङ्गाली र भोजपुरी भाषामा दख्लल राख्ने पौडेल पछिल्लो समय गीत सङ्गीत, संस्कृत भाषाको उत्थान र पूर्वीय दर्शनको प्रचारप्रसारमा लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्