जनप्रतिनिधिलाई धम्की दिने ‘राधे’ पक्राउ



धादिङ : गुण्डा नाइके राधाकृष्ण भण्डारी उर्फ राधेलाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो (बिहीबार) धादिङबेशीबाट उनलाई प्रहरीले पक्राउ गरेको हो । उनीविरुद्ध प्रहरीले आज मुद्दा दर्ता गर्ने तयारी गरेको छ । राधे नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरूण दल धादिङका उपसभापति हुन् ।

सार्वजनिक शान्ति भंग गरेको आरोपमा उनीमाथि मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । राधेमाथि सिद्धलेक गाउँपालिकाका जनप्रतिनिधिमाथि उनले धम्की दिएको आरोप छ ।

राधेको समूहले धादिङमा अवैध रूपमा बालुवा निकाल्ने, जनप्रतिनिधिले बालुवा निकाल्न रोकेपछि धम्की दिएको आरोप छ । जनप्रतिनिधिमाथि धम्की दिएको भन्दै उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय धादिङमा उजुरी परेको थियो ।

उनलाई खोलानालाबाट अबैध असुली, चन्दा, धम्की, कुटपिट लगायत गतिविधिमा संलग्न रहेको आरोप छ ।

प्रकाशित :२३ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्