गैरकानुनी जग्गा किनबेच तथा अतिक्रमणलाई रोक्न मुख्यमन्त्रीको निर्देशन



बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशको राजधानी राप्ती उपत्यकामा हुन सक्ने गैरकानुनी जग्गा किनबेच तथा अतिक्रमणलाई रोक्न निर्देशन दिएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कर्मचारीलाई निर्देशन दिदै मुख्यमन्त्री पोखरेलले प्रदेशको राजधानी र नामाकरणपछि गुरुयोजनाको टुंगो नलाग्दासम्म नयाँ जग्गा तथा घर किनबेच रोक्नुपर्ने बताएका हुन् ।

सरकारले यसअघि नै दाङको राप्ती गाउँपालिका, गढवा गाउँपालिकाको वडा नं.१, २ र ३ तथा अर्घाखाँचीको शीतगंगा नगरपालिकाको वडा नं.८ र ९ मा जग्गाको किनबेच र कित्ताकाटमा रोक लगाएको छ । कानुनी रूपमा जग्गाको किनबेचमा रोक लगाइ सकिएको भए पनि गैरकानुनी रूपमा किनबेच हुन सक्ने भएकाले त्यसलाई रोक्न र सरोकारवाला निकायलाई ध्यानाकर्षण गराउन मुख्यमन्त्रीले यस्तो निर्देशन दिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

गुरुयोजना बनेपछि पहिलो प्राथमिकता प्रशासनिक संरचनाको उपस्थिति रहने उनले बताए । नक्साको डिजाइन, गुरुयोजना र ल्यान्डपुलिङको काम क्रमशः अघि बढ्ने उनको भनाइ छ ।

प्रकाशित :२३ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्