आइसोलेशन वार्डबाट जे देखियो…(फोटोसहित)



काठमाडौं– विगत ६३ वर्षदेखि कुष्ठरोग लागेकाहरूको सेवामा निरन्तर काम गरिरहेको आनन्दवन लेप्रसी मिसन अस्पतालले यतिबेला कोरोना संक्रमितहरूको पनि उपचार गरिरहको छ ।

पीसीआर परीक्षणसहित आइसोलेशनको पनि व्यवस्था गरिएको यस अस्पतालमा २४ घण्टा स्वास्थ्यकर्मीको निगरानीमा ६ जना कोरोना संक्रमितहरूको उपचार भइरहेको छ । कोरोना भाइरसको संक्रमण बढीरहेका बेला यस अस्पतालको सुविधाप्रति स्थानीयहरूले पनि राहत महशुस गरिरहेका छन् । १६–१७ किलोमिटर यात्रा गरेर गराउनु पर्ने परीक्षण अनि कारोना पोजेटिभ भइसकेपछि के गर्ने? कहाँ गएर बस्ने ? भन्ने दुबिधा यहाँ उपलब्ध सेवाले कम गरेको छ ।

सहरीकरणबाट धेरै टाढा अनि कोलाहल कम भएकाले यहाँ उपचाररत विरामीहरूले छिटो निको भइरहेको महशुस गरिरहेको बताउँछन् । एक संक्रमित नाम जस्तै आनन्दवन बस्नको लागि आनन्द रहेको बताउँछिन् । विगत ६ दिनदेखि उनी यहाँ उपचाररत छिन् ।

उनी भन्छिन्– ‘घर जस्तै लागिरहेको छ । परिवार सुरक्षित होस् भनेर आएको हामी । खान बस्न एकदमै राम्रो छ । सेफ फिल भइरहेको छ । ’

आइशोलेशन वार्डबाटको दृश्य–

सरकारले लकडाउन खोल्ने निर्णय गरेसँगै उपत्यकामा कोरोना संक्रमणको उकालो लागिरहेको छ । पछिल्ला दिनहरूमा काठमाडौं उपत्यकामा मात्रै दैनिक एक हजार भन्दा धेरै संक्रमित थपिइरहेका छन् ।

कोरोना संक्रमितको संख्या बढिरहेको भएपनि भौतिक दूरी राख्न छोडिएको छ भने भीडभाड अत्यधिक बढिरहेको छ । काठमाडौंमा कोरोनाले डरलाग्दो अवस्था ल्याउन सक्ने विज्ञहरू बताउँदै आएका छन् ।

बिहीबार चार हजार ३ सय ६४ कोरोना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९८ हजार ६ सय १७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार संक्रिय संक्रमितको संख्य २६ हजार ६ सय ८४ रहेको छ । त्यस्तै कोरोना संक्रमणबाट ५ सय ९० जनाको मृत्यु भएको छ । २६ हजार ६ सय ८४ आइसोलेसनमा बसिरहेका छन् भने ४ हजार ४ सय ६० क्वारेन्टाइनमा बसिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्