भारतीय राजदूतद्वारा अस्पताल उद्घाटन



सिरहा : भारतीय सरकारको सहयोगमा सदरमुकाम सिरहामा निर्मित चन्द्रनारायण यादव मेमोरियल प्रसूति अस्पतालको बुधबार नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले उद्घाटन गर्नुभएको छ । 

भारत सरकारको रु दुई अर्ब ६९ करोड सहयोगमा निर्माण भएको २५ श्ययाको प्रसूति अस्पताल उद्घाटनपश्चात बुधबारदेखि अस्पतालबाट उपचार सेवा सञ्चालन भएको छ । गुणस्तरीय मातृत्व तथा बाल स्वास्थ्यमा आधारित सिद्धान्तअन्तर्गत चन्द्रनारायण यादव मेमोरियल ट्रस्टद्वारा उक्त अस्पताल सञ्चालन भएको जनाइएको छ ।

अस्पतालमा चिकित्सकीय उपकरण अल्ट्रासाउण्ड, एक्सरे, ब्लड बैंक, इमर्जेन्सी, माइनर ओटी, तीन चिकित्सक कक्ष, एक नर्सकक्ष, भण्डारण कक्ष, प्रशासन, लेखा शाखा र भुइँतल्लामा शौचालय तथा आइसीयु, सिसीयु र मेजर ओटी रहेका छन् । अस्पताल निर्माण भएपछि सिरहा र आसपासका जिल्लाका जनताको मातृत्व तथा बाल स्वास्थ्य सेवामा सुधार आउने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्