लागूऔषधसहित एक पक्राउ



झापा : भद्रपुर नगरपालिका–५ बसपार्कबाट प्रहरी टोलीले लागूऔषधसहित एक व्यक्तिलाई बुधबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उदयपुर बेलका नगरपालिका–५ का २२ वर्षीय वीरधन तामाङ रहेको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ । बुधबार ९ः३० बजे प्रहरी टोलीले शङ्कास्पद अवस्थामा हिँडिरहेका तामाङलाई जाँच गर्ने क्रममा लागूऔषध फेनारगन २० एम्पुल, डाइजेपाम २० एम्पुल र लुपिजेसिक २० थान बरामद गरेको हो । 

पक्राउ परेका तामाङलाई वडा प्रहरी कार्यालय भद्रपुरमा राखी थप अनुसन्धान भइरहेको सो कार्यालयले जनाएको छ । यही चैत १६ गते यसै नाकाबाट नेपाल भित्र्याइएको रु २२ लाख मूल्य बराबरको यौनवर्द्धक औषधिसहित चार जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्