गुल्मीमा जीप दुर्घटना, पूर्वसांसदसहित दुई जनाको मृत्यु, ८ घाइते



गुल्मी : गुल्मीमा जिप दुर्घटना हुँदा पूर्वसांसदसहित दुई जनाको मृत्यु भएको छ । ८ जना घाइते भएका छन् ।

लु १ ज १९५७ नम्बरको जिप बिहीबार बिहान मुसिकोट नगरपालिका १ च्यानडाँडामा दुर्घटना हुँदा पूर्वसांसद ७२ वर्षीय रुद्रमणि शर्मा भण्डारीको मृत्यु भएको प्रदेश नम्बर ५ का प्रहरी प्रमुख डीआईजी पिताम्बर अधिकारीले पुष्टि गरे ।

धुर्कोट गाउँपालिका वस्तु निवासी भण्डारी २०४८ सालमा गुल्मीको तत्कालीन क्षेत्रनम्बर ३ बाट नेपाली कांग्रेसबाट सांसद बनेका थिए ।

अर्का मृतकको भने पहिचान खुलेको छैन ।

जिप दर्लिनबाट बुटवल जाँदै थियो । जिपमा १० जना सवार थिए । जिप बाग्लुङको सिमानामा करिब १ सय मिटर खसेको छ । घाइतेहरुलाई सदरमुकाम तम्घास र वामी टक्सारमा उपचार गर्न लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्