बाँकेमा दुई जना कोरोना सङ्क्रमितको मृत्यु



बाँकेमा अस्पतालमा उपचाररत दुईजना कोरोना सङ्क्रमितको गएराति मृत्यु भएको छ । दाङको घोराही उपमहानगरपालिका वडा नंं ३ निवासी १५ वर्षीय किशोर र कोहलपुर नगरपालिका ९ पिपरी निवासी ३८ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार दाङको घोराहीबाट उपचारका लागि शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका १५ वर्षीय किशोरको उपचारका क्रममा शुक्रबार राति करिब नौ बजे मृत्यु भएको हो । निमोनियाबाट ग्रसितको अवस्था अनुसार गरिनुपर्ने सबै प्रकारको उपचार गर्दा समेत बिरामीको अवस्थामा सुधार आउन नसकी उपचारकै क्रममा मृत्यु भएको उनले बताए ।

यसैगरी कोहलपुर नगरपालिका ९ पिपरी निवासी ३८ वर्षीय पुरुषको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारकै क्रममा गएराति ११ बजे मृत्यु भएको छ ।

श्वास प्रश्वासमा समस्या भएपछि गत असोज १३ गते शिक्षण अस्पताल कोहलपुरमा भर्ना भई परीक्षण गर्दा कोरोना सङ्क्रमण देखिएपछि उपचाररत उहाँलाई स्वास्थ्यमा थप समस्या भएपछि शिक्षण अस्पतालले गएराति करिब १० बजे भेरी अस्पतालमा पठाएको थियो ।

अस्पताल पुगेको एक घण्टामै उपचारको क्रममा मृत्यु भएको कोरोना स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिए ।

योसहित बाँकेमा कोरोना सङ्क्रमणबाट निधन हुनेको सङ्ख्या २४ पुगेको छ भने बाहिरी जिल्लाबाट उपचारको क्रममा बाँकेमा आई मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

मुस्ताङ : हिमालपारीको जिल्ला मुस्ताङमा अत्यावश्यक कामबाहेक अन्य जिल्लाबाट गर्ने प्रवेशलाई रोक्ने निर्णय गरेको छ

काठमाडौं : यस वर्षको बडा दशैं आज (शनिबार) देखि औचारिक रुपमा समापन भएको छ ।दशमीको

धनगढी– कोरोनाबाट मृत्यु भएकी महिलाको शव गाडिएको स्थान धनगढी नगरपालिका वडा नम्बर १ स्थित कब्रस्तान

काठमाडौं : काठमाडौंस्थित धापासीमा अज्ञात समूहले छुरा प्रहार गर्दा २४ वर्षीय युवकको मृत्यु भएको छ

काठमाडौं– यसवर्षको तिहार अधिकमासका कारण झण्डै एक महिना पछाडि धकेलिएको छ । तिहारमा सयपत्री तथा

चितवन : चितवन मेडिकल कलेजमा उपचाररत दुई जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

काठमाडौं : कोरोना संक्रमणका कारण काभ्रेका पत्रकार विष्णुप्रसाद चौलागाईँको मृत्यु भएको छ।काभ्रे पोस्टका प्रधान सम्पादक

काठमाडौं : काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई कोरोना संक्रमण पुष्टि भएको छ । सिडिओ

पर्सा– जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पर्साले गरेको भ्रष्टाचार र अनियमिताको विरुद्धमा स्थानिय युवा द्धारा सार्वजनिक

काठमाडौं– गत शनिबार तोडफोड गरिएको मस्जिद पूर्ननिर्माणमा वाडध्यक्षले अवरोध गरेको भन्दै मुस्लिम समुदाय आक्रोशित भएका

काठमाडौं– दशैंपछाडी फर्कनेहरुबाट काठमाडौं उपत्यकामा कोभिड संक्रमण झनै बढ्ने आकलन भइराखेको छ । यसलाई ध्यान

काठमाडौं– गत वर्षको दशैंको तुलनामा यो वर्ष उपत्यका छोड्ने र भित्रिनेको संख्यामा कमि देखिएको छ