होम आइसोलेसनमा रहेका एक कोरोना संक्रमितको मृत्यु



चितवन : होम आइसोलेसनमा रहेका एक कोरोना संक्रमित वृद्धाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका-२० माइली चोकका ६७ वर्षीय पुरुष रहेका हुन् । उनी कोरोना संक्रमण पुष्टि भई होम आइसोलेसनमा रहेका थिए ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार उनको शुक्रबार राति ९ बजे मृत्यु भएको हो । क्यान्सरका बिरामी उनको नियमित स्वास्थ्य परीक्षणका क्रममा असोज २१ गते स्वाब परीक्षणका लागि दिएकोमा २३ गते कोरोना पुष्टि भएको थियो ।

योसँगै जिल्लामा कोरोना संक्रमण पुष्टि भई होम आाइसोलेसनमा रहेका ५ जनाको मृत्यु भएको छ । जिल्लामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या भने योसँगै ३१ पुगेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

हालसम्म जिल्लामा २ हजार ५ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये १ हजार ५ सय ५३ जना निको भएर घर फर्किसकेका छन् ।

प्रकाशित : २४ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्